बैशाख २०, २०८१, बिहीबार
               

नेपाल टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।  भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन् ।

 घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । 

घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए ।

शनिबारदेखि नै टावर खोल्ने काम सुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए । टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाइ घाइतेको उद्धार गरिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि