जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ शनिबारसम्मको मौसम

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले (बिहीबार बिहान) देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशको मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

शनिबार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि