मंसिर ०७, २०८१, शुक्रबार
               

बुधबारदेखि जडिबुटी-सूर्यविनायक सडकमा व्यवस्थित लेन अनुशासन सुरु

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जडिबुटी-सूर्यविनायक सडकखण्डमा बुधबारदेखि लेन अनुशासन लागू गरेको छ।

जसअनुसार ठूला एवं ढिलो गतिका सवारीसाधनले बायाँ लेन प्रयोग गर्नुपर्नेछ। हलुका एवं तीव्र गतिका सवारीसाधनले भने दायाँ लेन प्रयोग गर्नुपर्ने नियम छ।

देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा सडक दुर्घटना बढेपछि महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त लेन अनुशासनलाई बुधबारदेखि लागू गरेको हो। 

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन उक्त नियम लागू गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी  हुमकला पाण्डेले भक्तपुर काठमाडौं ६ लेन सडकमा हुने दुर्घटनाले विकराल रुप लिएपछि त्यसलाई न्यूनीकरण गरेर उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको बताइन्। सडकमा लेन हुँदा पनि सवारीसाधनले आफूखुसी लेन परिवर्तन गर्दा सडक दुर्घटना भएको महाशाखा प्रमुख ढकाल बताउँछन्। 

यो पनि