कात्तिक १५, २०८१, बिहीबार
               

आजको मौसमः मेघ गर्जनसहित वर्षा

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले (बुधबार बिहान)देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ। 

देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशको पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

देशको पूर्वी भूभागका केही स्थानमा र मध्य र पश्चिमी भूभागका पहाडी भेगका केही स्थानमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशको मध्य भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

मध्य र पश्चिमी तराईका एक–दुई स्थानमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि