जेठ ०७, २०८१, सोमबार
               

मौसमः आज पनि वर्षा र हिमपात हुने

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले (सोमबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । साथै केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ बाँकी स्थानमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना छ । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि