बैशाख २२, २०८१, शनिबार
               

हुलाकका कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ ।

 अयोगले आर्थिक अनियमितता गरेको अभियोगमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरेको छ । सोही मुद्दामा प्रतिवादी बनाइएका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध २  करोड २४ हजार विगो माग गरिएको छ । उनीविरद्ध १० वर्षसम्म कैद सजायको माग समेत गरिएको छ ।

जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारीहरुले हुलाक वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियारले अनुसन्धान  गरेको हो । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानासहित, बिगो रकम असुल गर्न विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे


कस्तो लाग्यो ?

यो पनि