जेठ ०७, २०८१, सोमबार
               

सहकर्मी बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् । नौ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले उजुरी दिएपछि प्रहरीले असई राजेन्द्र राईलाई फक्रेको हो । 

राईविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी परेको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राजीनामा दिनेबेला उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए ।

राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरार्इ अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि