मंसिर ०७, २०८१, शुक्रबार
               

बारपाकमा आयोडिन सचेतना

रासस
फागुन १२, २०७६

ADVERTISEMENT

साल्ट ट्रेडिङ कर्पोरेसन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोरखाको बारपाकमा सचेतना कार्यक्रम गरेको छ ।  

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिनेलगायतका प्रचार सामग्रीसहित सचेतना  कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो ।

सामग्री वितरण गर्दै साल्ट टे«डिङ कर्पोरेसन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकर रूपमा सेवन गर्नुपर्ने बताउँदै शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने बताएका थिए।  

केन्द्रको कार्यक्रमअनुसार देशका सबै विकट गाउँमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रमअन्तर्गत विद्यार्थीले बारपाक वरपर सचेतनामूलक प्लेकार्डसहित यसको उपयोगिताबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भूषण उपाध्याय, विद्यालयका प्रधानाध्यापक जैनबहादुर घले, मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोलालगायतले आयोडिनयुक्त नुनले स्वास्थ्यमा पुर्‍याउने फाइदामाथि चर्चा गरेका थिए । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि