असोज ०६, २०८१, आइतबार
               

खैरो हेरोइनसहित झापाकी वीना डाँगी पक्राउ

रासस
फागुन १२, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए ।  

पक्राउ परेकी वीनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि