जेठ ०७, २०८१, सोमबार
               

आजको मौसमः मेघ गर्जनसहित वर्षा र हिमपात

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले (सोमबार बिहान) देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। 

मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ । 

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि