बैशाख १६, २०८१, आइतबार
               

पानीको सतह थाहा पाउन मोबाइल एप्स, कसरी गर्छ यसले काम ?

रासस
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको सतहबारे जानकारी दिने मोबाइल ‘एप्स’ सुरु गरेको छ । 

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि सो ‘एप्स’ सुरु गरिएको हो । केयुकेएलले सो एप्सको सुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ । 

सो एप्सबाट जुनसुकै स्थानमा बसेरसमेत पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ। 

मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुन सक्ने उनले बताए । भने, ‘मेलम्चीको पानी आए पनि खानेपानीको व्यवस्थापन कठिन हुने हुँदा यसले सघाउन सक्छ ।’

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ। लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो संकलन गर्ने एप्स पनि सुरु गरेको छ । 

विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ । 

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारीका काम अघि बढाएको छ । 

मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, लिमिटेडका प्रतिनिधि रहेको समितिले कुन ठाउँमा कति पानी आवश्यक छ र कसरी त्यसलाई वितरण गर्ने भनी आवश्यक तयारीका काम अघि बढाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि