जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।

अहिले (आइतबार। बिहान) देशभर आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। साँझपख पहडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर बदली रहनेछ। पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

मंगलबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया साफा रहनेछ।


कस्तो लाग्यो ?

यो पनि