जेठ ०७, २०८१, सोमबार
               

आजको मौसम : कतै वर्षा कतै हिमपात

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

अहिले (शनिबार बिहान) देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । पूर्वी तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशको पुर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

पूर्वी पहाडी भूभागका केही स्थानमा साथै पश्चिमी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

त्यस्तै आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि