बैशाख २५, २०८१, मंगलबार
               

पश्चिमी वायु सक्रिय हुँदा काठमाडाैंलगायत ठाउँमा वर्षा, विमानस्थलमा उडान प्रभावित

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा सामान्य झरी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

बदलीसँगै नेपालका पश्चिम भूभागका केही स्थानमा भने चट्याङसहित वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ। 

पश्चिममा बिहानैदेखि पानी र हिउँ परेको र काठमाडौंसहित मध्य र पूर्वमा दिउँसोपछि पानी परिरहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । 

आज देशभरकै मौसम बदलीसहित वर्षा र हिमपात गराउने पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले भोलि शनिबारदेखि मौसम बिस्तारै खुल्ने पनि महाशाखाले जनाएको छ । 
यसैबीच मौसम बदली भएपछि आज दिनभरजस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । 

दिउँसो रोकिएको उडान अहिले सुरु भएको विमानस्थलले जनाएको छ । 

यो पनि