युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । राइनास नगरपालिका–९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुनेछ भने ।
मन्त्री विश्वकर्माले भने, “खेलकुदको माध्यमबाट समाज, राष्ट्रलाई नै विश्वमा कीर्तिमान राख्न टेवा पु¥याइरहेको छ । खेलकुदका लागि समेत पर्याप्त बजेत छुट्याइएको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला निर्माण गर्नेतर्फ सरकार अघि बढेको उनले जानकारी दिए ।
गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले सरकारले लिएको मुलुक समृद्ध बनाउनका लागि प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिएका थिए ।
चीन सरकारको रु ८३ करोड लगानीमा चार तले सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले जानकारी दिए। उनका अनुसार विद्यालयमा ३० कक्षाकोठा, २० होस्टेल कोठा, १० शिक्षक स्टाफ कोठा लागत ६८ कोठा रहेको छ ।
२०१४ सालमा स्थापना भएको यस विद्यालय २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थी यस भवनमा पठनपाठन गर्न पाउँदा खुसी भएका छन् । विद्यालयमा करिब तीन विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।