जेठ ०८, २०८१, मंगलबार
               

स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका

रासस
फागुन ११, २०७६

ADVERTISEMENT

 नैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा व्यावहारिक ज्ञानसहितको  पाठ्यक्रम लागू गर्ने बताएकाे छ ।   कक्षा एक देखि आठसम्म लागू गर्ने भएकाे छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।  

उनले भने , “यस पुस्तकको नाम  स्थानीय पाठ्यक्रम रहने छ ।नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्य मान्यताका बारे सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकामा  ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ वटाैँ विद्यालय रहेका छन् । ती विद्यालयमा एकै साथ सो पाठ्यक्रम लागू हुर्ने तयारी भइसकेको नगरपालिकाले बताएकाे छ ।

विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि बीचमा छलफल, सहमति र रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताए । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई तिक्ष्ण बनाउन अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिने भनेका छन् । 
यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक वि‍धार्थीबीच ज्ञान र प्रविधिको आदनप्रदान भई सकारात्मक प्रतिस्पर्धा सिर्जना बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले भने । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि