मंसिर ०१, २०८१, शनिबार
               

बार्गेनिङ गर्दागर्दै एक लाख घुससहित समातिए डिभिजन प्रमुख

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे प्रमुख सुरेशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । 

चमेलिया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादु विष्टले जानकारी दिए ।

उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताए । 

चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजनाको उपभोक्ता समितिसँग भट्टले २ लाखमा बार्गेनिङ गरेका र एक लाख बुझाउँदै गर्दा उनी समातिएको बताइएको छ । 

यो पनि