असोज ०६, २०८१, आइतबार
               

मानवअधिकार उलङ्घनका घटना बढ्यो

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

नेपालमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटनाहरूमा वृद्धि भइरहेको एक तथ्याङ्कले देखाएको छ ।

बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उलङ्घन र ज्याजतीका घटनाहरू बढेको देखिएको हो । सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ ।

मानवअधिकार अल्लङ्घनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ । नेपाल मानवअधिकार पुस्तक अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सात जनाको मृत्यु भएको बताए ।

यातनाका घटनाबाट १३ जना पीडित भएका छन् । गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छन् । त्यस्तै कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ ।

यसैगरी ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् । सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन् । घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि