जेठ ०७, २०८१, सोमबार
               

स्वास्थ्य मन्त्रालयले भन्याे, 'चीनबाट ल्याइएका कसैमा पनि काेराेना भाइरस छैन'

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइन राखिएका १ सय ७५ जनामा नोवेल कोरोना भाइरस संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत आइतबार कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको उदगम स्थल चीनको हुवेइ प्रान्तका विभिन्न सहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनीहरुको नाक र घाँटीभित्रको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षण गरेको थियो । 

सबै नमुनामा कोभिड–१९ नेगेटिभ देखिएको हो । कोभिड–१९ का लागि रियल टाइम आरटी–पिसिआरबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चीनबाट नेपाली ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत भनेको छ । चीनको हुवेइ प्रान्तको वुहान सहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोभिड–१९ को संक्रमणले हाल महामारीको रुप लिएको छ । यसका कारण चीनमा दुई हजारभन्दा बढी मानिको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि