जेठ ०८, २०८१, मंगलबार
               

७६ वर्षीय कांग्रेस नेता बलात्कार आरोपमा पक्राउ

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

७६ वर्षीय एक वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । स्थानीय कांग्रेस नेतासमेत रहेका उनले ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङमन (साविक काँग्रेस जुभुङ गाउँ कार्य समिति) का पूर्वसभापति रहेका केशरसिंह सारु नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत हुन् । 

उनलाई सोमबार पक्राउ गरिएको र मंगलबार (आज) अदालतमा जबरजस्ती करणी अभियोगअन्तर्गत मुद्दा दर्ता गरी म्याद थप समेत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतले नेपाल फ्ल्यासलाई बताए । 

 सोमबार दिउँसो घरमा कोही नभएको बेला ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले आफूमाथि यौन क्रियाकलाप गरेको ती बालिकाले बताएकी छन् । 

केही समयदेखि नै आफूमाथि ती वृद्धले यस्तै क्रियाकलाप गर्दै आएको पनि ती बालिकाले बताएकी छन् । 

यो पनि