जेठ ०४, २०८१, शुक्रबार
               

खरिपाटी क्वारेन्टाइन पुगेका मन्त्रीले सिसि क्यामेरामार्फत भने, ‘तपाईंहरू ढुक्क हुनुस्’

रासस
फागुन ०६, २०७६

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । 

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्थाबारे मन्त्री ढकालले जानकारी लिएका हुन् । 

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका छन् । 

सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका हुन् । 

जवाफमा भित्र रहेका नेपालीले सरकारले पु-याएको सहयोगबारे धन्यवाद व्यक्त गर्दै आफूहररु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुसी रहेको प्रतिक्रिया दिएका छन् । 

मन्त्री ढकालले माइकमार्फत सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि