मंसिर ०७, २०८१, शुक्रबार
               

टिपरको ठक्करबाट दुई भारतीयको ज्यान गयो

रासस
फागुन ०६, २०७६

ADVERTISEMENT

सप्तरीको बोदे बर्साइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । 

बोदे बर्साइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिसाबाट आउँदै गरेको स१ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको ज्यान गएको हो । 

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको हो । 

हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि