मंसिर ०७, २०८१, शुक्रबार
               

हरेक दिन हामीले युगान्तकारी काम गरिरहेका छौँ : प्रधानमन्त्री
'भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पारिनेछ'

रासस
फागुन ०५, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन् । 

धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै 
प्रधानमन्त्री ओलीले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए । 
 
‘डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ,’ उनले भने । 
 
प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताए।

उनले थपे, ‘अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।’

उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु-याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए । 

प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी पनि दिए । 

‘हामी एक गाउँमा मात्रै हैन, सबै गाउँमा विकास गर्छौँ, अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौँ, सुरुङ बनाउँदै जान्छौँ, बाटो चौडा गर्दै जान्छौँ”,उनले थपे । 

उनले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिए । 

 प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताए ।

‘विकास भनेको पूँजीपतिले पैसा कमाउने मात्रै हैन, गर्भमा भएका भ्रुणदेखि जीवन बाँचुञ्जेज मसिनो रुपमा हेरविचार गरी मानिसप्रति उत्तरदायी हुने चरित्रको विकास गर्दैछौँ” उनले भने । 

सरकारले सडक बालबालिका र सडक मानव कहीँ पनि रहन नदिने बताउँदै  हाल धेरै व्यवस्थापन गरिसकिएको उल्लेख गरे ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि