बैशाख २४, २०८१, सोमबार
               

गुम्बा गाउँमा कोरोनाभाइरसको त्रास, यस्तो छ वास्तविकता

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिर्पाेट अनुसार त्यहाँ रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको पुष्टि भएको छ ।  

गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताईन् ।

‘सिन्धुपाल्चोकमा जुन रोगको संक्रमणको आशंका गरिएको थियो, त्यो नभएको पुष्टि भएको छ, मोसमी रुखाखोकी र ज्वरोको संक्रमण फैलिएको परिक्षणबाट पुष्टि भएको छ ,’ उनले नेपाल फ्ल्याससंग भनिन् । 

गुम्बा गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना संक्रमणको आशंका गरेर थप परीक्षण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । गाउँमा रुघाखोकीका बिरामी घटिरहेको जनाईएको छ ।  

यसअघिका बिरामी निको हुन थालेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । अहिले स्वास्थ्य शिविरमा दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि गइरहेको अध्यक्ष श्रेष्ठले बताए ।


कस्तो लाग्यो ?

यो पनि