जेठ ०७, २०८१, सोमबार
               

भक्तपुर नगरपालिकाद्वारा पुरानो बस्तीभित्र सवारीसाधन प्रवेशमा रोक

रासस
फागुन ०१, २०७६

ADVERTISEMENT

भक्तपुर नगरपालिकाले को पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध लगाइएको छ । 

भक्तपुर नगरपालिकाले आजदेखि यो नियम लागू गरेको हो । 

विश्वसम्पदा सूचीकृत दरबार स्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले बिहीबारदेखि नगरपालिकाको भित्री बस्तीमा पनि सवारीसाधन प्रवेश र पार्किङमा निषेध गरेको हो। भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका यस्तो व्यवस्था गरेको नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 

मालवाहक टिपर, ट्रकलगायत भारी सवारीसाधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले निषेध गरिएको नगरपालिकाले बताएको छ । मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने मेयर प्रजापतिले बताए ।

त्यसैगरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपांग्रे र चारपांग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि