जेठ ०७, २०८१, सोमबार
               

ललितपुरमा पुनर्निर्माण हुन सकेनन् ६ हजार निजी आवास

रासस
फागुन ०१, २०७६

ADVERTISEMENT

ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै ६ हजार बढी निजी आवास पुनर्निर्माण हुन सकेका छैनन् । 

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको पुनर्र्निर्माण र पुनस्र्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका’ विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका भवन आयोजना प्रमुख चन्द्रकाजी गुरुङले  महानगरपालिकाभित्र कुल सात हजार ४ सय ९ लाभग्राही पहिचान भएको जानकारी दिए । 

उनले भने, “तिनमा सम्झौता सम्पन्न ६ हजार ३ सय ८३ को भएको थियो । प्रथम किस्ता ६ हजार ३ सय  ६६ ले लिए । एक हजार ५ सय २७ ले दोस्रो किस्ता लिए र एक हजार ७० ले तेस्रो किस्ता लिए तर पुनेर्निर्माण सम्पन्न भएका घरको सङ्ख्या भने मात्र ९ सय १३ रहेको छ ।” 

महानगरपालिकाभित्र अझै ६ हजार बढी निजी घर पुनर्निर्माण हुन नसकेकामा गुरुङले खेद व्यक्त गरे । महानगरपालिकाभित्र निजी क्षेत्रले विभिन्न ठाउँमा घर बनाइदिए पनि सही कागजी लेख सङ्कलन गर्न अझै समस्या भइरहेको गुरुङले जानकारी दिए । 

कार्यक्रममा न्यू सूर्य इन्टरप्राइजेजका प्रतिनिधि चीन महर्जनले महानगरपालिकाभित्र एकीकृत बस्तीको योजना अघि बढाउँदा प्रभावकारी रहने बताए । सरकारले व्यक्तिको समस्याको पहिचान गरी कागजी प्रक्रियाबाट निजी घर बनाउन सहयोग गरिदिँदा निकै काम अघि बढ्ने उनले  बताए ।

टीआई नेपालका अध्यक्ष खिमराज रेग्मीले भूकम्प भएको चार वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित जनताले रु तीन लाख रकम सरकारले हामीलाई घर बनाउन मात्र सहयोग गरेको हो भन्ने अझै नबुझेको भनी दुःख व्यक्त गर्दै उनले भने, “थोरै लगानीले धेरै लाभ पु¥याउन सकिन्छ भने एकीकृत बस्तीको योजनामा अघि बढ्नु पनि निकै राम्रो हुन्छ ।”

 
यसैगरी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले ‘हाम्रो सम्पदा हामी आफैँ बनाआँै’ भन्ने नाराका साथ निजी क्षेत्रबाट भूकम्प गएको तीन वर्षपछि भीमसेन मन्दिर पुनःनिर्माणको काम अघि बढाइरहेको जानकारी दिए । ” 

टीआई नेपालका कोषाध्यक्ष किरण थापाले भूकम्प प्रभावित मुख्य जिल्लामा पहिले नै युनिट खडा गरी काम अघि बढाएको भए हालसम्म सबै स्थानका निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने विचार राखे । 
–––

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि