जेठ ०६, २०८१, आइतबार
               

चाँगुनारायणले दोहोरो शुल्क हटाउने

रासस
माघ २९, २०७६

ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका  छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए । 
 
सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई रु  एक लाख  पुरस्कार प्रदान गरे ।  नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु २४ करोड पाँच लाख २१ हजार ७८०  राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा माघ २१ गतेसम्म रु नौ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए । 

नगरपालिकाको आर्थिक प्रशासनतर्फ रु ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् रु २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालु खर्चतर्फ पुस मसान्तसम्म रु नौ करोड २२ लाख ३१ हजार ९९८ पैसा उनन्तीस अर्थात्  २९।७५ प्रतिशत मात्रै खर्च भएको छ ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि