बैशाख २६, २०८१, बुधबार
               

उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक

रासस
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन् ।  पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आउनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भने, ‘तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।’ 

गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारीलाई प्रहरी महानिरीक्षकले इमान्दारीका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘चुनौती थुप्रै छ, पूरा गर्न बाँकी रहेका कामलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ’, गृहमन्त्रीले भने । 

उनले  सहकर्मीलाई साथमा लिँदै एकताबद्ध भएर काम गर्नसमेत प्रहरी महानिरीक्षकलाई आग्रह गरे । मङ्गलबार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका ज्ञवालीको कार्यकाल पाँच महिना मात्रै छ । भेटका क्रममा प्रहरी महानिरीक्षक खनालले मन्त्रालयको मार्गनिर्देशनका आधारमा इमान्दारीका साथ उच्च व्यावसायिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि