बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाको त्रासः उपाध्यक्ष भन्छिन्, ‘विरामी रुँगेर बसेका छौं, सहायता पाइएन’

नेपाल फ्ल्यास
माघ २९, २०७६

सिर्जना तामाङ, उपाध्यक्ष, जुगल गाउँपालिका
ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात रोगको संक्रमणले महामारी फैलिएको एकसाता पुग्दासमेत जिल्ला जनस्वास्थ कार्यालयको टोली पुग्न सकेको छैन।

छिमेकी मुलुक चीनलगायत विश्वभर नोवेल कोरोना भइरसको संक्रमण फैलिरहेका बेला चीनसंगै सीमा जोडिएको जिल्लामा सोही रोगको जस्तै लक्षण देखिएको साता दिन भैसक्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको हो ।

महामारी फैलिएको अवस्थामा स्वास्थ मन्त्रालयले काठमाडौंबाट विषेश टोली पठाउनुको त परको कुरा जिल्ला जनस्वास्थ कार्यालयका स्वास्थकर्मी समेत त्यहाँ पुगेका छैनन् ।

विरामीहरु २ जना अहेब रहेको ईलाका स्वास्थ चौकीकै भरमा छन् । जुगलमा जिल्ला सदरमुकाम चौताराबाट साँढे २ घण्टाको मोटर यात्राबाट पुग्न सकिन्छ । 

वडा नम्बर ३ गुम्बागाउँमा २ सय जना बढी विरामी परेका छन्। विरामी परेकाहरुमा कोरोना भाइरसको लक्षणसँग मेल खाएको स्थानीयले बताएका छन् ।

एकैपटक धेरै स्थानीय विरामी भएका र कोरोना भाइरसको लक्षणसंग मेल खाएकाले जिल्लाभरै कोरना संक्रमणको  त्रास फैलिएको छ ।

गाउँपालिकाले मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको थियो । रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका विरामीहरु देखा परेको भन्दै परीक्षणका गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गर्न आग्रह गर्दै जिल्लादेखि प्रदेश सरकारसम्मलाई आग्रह गरेको छ ।

जनस्वास्थ्य कार्यालयबाट केही स्वास्थकर्मीहरु आउने जानकारी पाएपनि बुधबार दिउँसो (यो समाचार प्रकाशित हुँदासम्म) स्वास्थकर्मी नआएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताईन् ।

‘गाँउभरीका स्थानीय धमाधम विरामी परिरहेका छन्, सबैजना आत्तिरहेका छन्, विरामी बढीरहेका छन्, महामारी अझै फैलने खतरा छ, तर अझैसम्म जिल्लाबाट कुनै सहायता पाएका छौंनौ,’ तामाङले नेपाल फ्ल्याससंग भनीन् ।  आफूहरु जनप्रतिनिधी भएकाले गाँउलेहरु आएर रोईकराई गरिरहेका उनले बताईन् ।

आफूहरुले जिल्लादेखि केन्द्रसम्म पहल गर्दा आश्वसन मात्र पाएको उपाध्यक्ष तामाङले गुनासो गरिन् । उनले भनीन् ‘अहिलेपनि हामी विद्यालयमै विरामीहरु रुगेर बसेका छौं, औषधीसहित थप टोली आईपुगेको छैन, विद्यालयहरु खुलेका छन् तर पढाई भएको छैन ।’ स्थानीय विरामी परेको खवर सुन्नासाथ उपलव्ध स्वास्थ्यकर्मी र औषधीको सहायतामा उपचार प्रयास गरिराखिएपनि नियन्त्रणमा आउन नसकेको उनले बताईन् । 

माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र बुधबारसम्म पुग्दा विरामीको संख्या बढेर २ सय नाघेको छ । साविकको गुम्वा गाविस वडा नम्बर ८ गुम्वा वस्तिमा फैलिएको अज्ञात रोगको संक्रमणका विरामीहरुमा नोवल कोरना भाइरसको लक्षणसँग मिल्दा जुल्दा लक्षण देखिएको वडाअध्यक्ष कान्छालाल तामाङले बताए ।

उनले नेपाल फ्ल्याससंग भने ‘अहिलेसबैतिर कोरना भाइरसको त्रास छ, औषधीसहितको विशेषज्ञ टोलीले जाँच गरेपछिमात्रै सबै कुरा थाहा हुन्छ, तर यो पत्ता लाग्न केन्द्रबाट टोली आउनैपर्छ । ’


कस्तो लाग्यो ?

यो पनि