बैशाख २७, २०८१, बिहीबार
               

सिन्धुपाल्चोकमा कोरोनाको त्रासः दुई सयभन्दा बढी विरामी

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनबाट फैलिएको कोरोनाभइरसले अहिले विश्व त्रासमा छ । 

यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका स्थानीय विरामी भएका छन् ।

एकैसाथ धेरै मानिस विरामी भएपछि कोरोनाभाइरसकै संक्रमण  हो कि भन्ने स्थानीयमा त्रास फैलिएको छ ।

विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएको बताइएको छ ।

जुगल गाउँपालिकाले दिएको जानकारी अनुसार, मङ्गलबार बेलुकासम्म दुई सयभन्दा बढी विरामी परेका छन् । 

ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको छ । 

उक्त वडामा मङ्गलबार स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकको टोली पुगेको छ भने आज (बुधबार) जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकको टोली घटनास्थल पुग्दैछन् । 

माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् ।

स्थानीय ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई विशेषज्ञको टोली पठाइदिन आग्रह गर्दै पत्र लेखेको छ ।


कस्तो लाग्यो ?

यो पनि