जेठ ०७, २०८१, सोमबार
               

एक महिनादेखि अञ्जु बेपत्ता, अनिलसँग थियो प्रेम

रासस
माघ २८, २०७६

ADVERTISEMENT

बागलुङ । गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । 

गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।

सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । 

आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । 

“पुस २९ गते साँझ ६ः३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा आएकी छैन”, आमा मनकुमारीले भन्नुभयो ।

सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताउनुभयो । 

प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ । अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन् । उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ । 

दुवै परिवारले एकर्काप्रति आशङ्का गरेका छन् । दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि