जेठ ०७, २०८१, सोमबार
               

दुर्घटनामा दुईको मृत्यु

रासस
माघ २७, २०७६

ADVERTISEMENT

लहान । सिराहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा सोमबार यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिराहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुवाहक बसले सदरमुकाम सिराहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जन्तीबाट घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि