जेठ ०६, २०८१, आइतबार
               

चट्याङले तीन जनाको मृत्यु

रासस
माघ २५, २०७६

ADVERTISEMENT

दाङ आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ ।
 
प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो । चट्याङमा परी उहाँकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 
 
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो । बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि