जेठ ०७, २०८१, सोमबार
               

शुक्रबार खहरेमा देखिएकी सन्ध्या बेपत्ता

रासस
माघ २४, २०७६

ADVERTISEMENT

बागलुङ । काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । 

गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् । 

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । 

उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । 

छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गर्नुभएको छ । 

हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयवासीले बताएका छन् । 

त्यसपछि उनी कता गइन्, अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि