जेठ ०६, २०८१, आइतबार
               

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

रासस
माघ २४, २०७६

ADVERTISEMENT

पोखरा । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । 

बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नुभएको थियो ।

जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर  रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताउनुभयो । 

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न  सकेका छैनन् । 

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए  ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि