जेठ ०७, २०८१, सोमबार
               

बागलुङमा दुर्घटना, तीन जनाको मृत्यु

रासस
माघ २३, २०७६

ADVERTISEMENT

बागलुङ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्रयाक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त ट्रयाक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । 

ट्रयाक्टरमा २०/२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । ट्रयाक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि