बैशाख ०८, २०८१, शनिबार
               

संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत  खतिवडा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

वासिङ्टन । अमेरिकाको लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गरे ।

अमेरिकी सरकारको प्रतिनिधीसमेत उपस्थित भएको कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताए ।

कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारीलगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मीसमेतको उपस्थिति थियो ।

कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गरेका थिए । 

यो पनि