बैशाख ०८, २०८१, शनिबार
               

कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

जेरुसेलम  । इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भई विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सेडोट नेगेभ कृषि तालिम केन्द्रबाट ४ जना, द एक्स्ट्रनल स्टडिज इन्स्च्युटबाट २ जना, किन्नेरेट कलेजबाट २ जना र आराभा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्रबाट २ जना सम्पर्कविहीन भएको जनाएको छ ।

विद्यार्थीबाहेक रोजगारीका शिलशिलामा ल्याइएका केही कामदार पनि सम्पर्कबाहिर रहेको भन्दै दूतावासले खोजी भइरहेको जनाएको छ ।

देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएको जनाउदै दूतावासले दुई-चार जनाको बदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो भनेको छ ।

दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक एक हजार पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने दूतावासले चेतावनी दिएको छ । सम्पर्कविहीन भएका सबैको खोजी भइरहेको र केहीको पत्तो लागिसकेको दूतावासले जनाएको छ ।

प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।

 

यो पनि