बैशाख १४, २०८१, शुक्रबार
               

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

सउल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत मार्चको गणना अनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको सङ्ख्या १८ लाख थियो । 

त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको सङ्ख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्यांकले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३।४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको सङ्ख्या १०।६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो सङ्ख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि