भारतको देहरादूतस्थित एक आश्रममा बसेर पढ्दै आएका नेपाली विद्यार्थी कुटपिटमा परेका छन् ।
आश्रममा बसेका ५९ जना बालबालिका कुटपिटबाट घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले ट्वीटरमा लेखेकी छिन् ।
अन्सारीले आश्रममा बसेर पढ्दै आएका सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका बालबालिका कुटपिटमा परेको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ट्वीटमा मेन्सन गरेर ध्यानाकर्षण समेत गराएकी छिन् ।
भारतको देहरादून स्थित आश्रममा नेपाली बालबालिका करीब ५९जनामाथि त्यहांका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएका छन्, हाल बाग्लुंग,रुकुम,जुम्ला,हुम्ला,सिन्धुपालचोक र रामेछाप लगायतबाट अभिभावकको उध्दारका लागि निरन्तर फोन आई रहेको छ ।केहि गर्न सकिन्छ @PradeepgyawaliK @nilacharya
— Mohna Ansari موھنا انصاري (@MohnaAnsari) October 28, 2020
धन्यवाद, दूतावासले खोजखबर लिन्छ। थप केही सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध। मोबाइल फोन नं +918929601925. Email: [email protected]
गतबर्ष बिभिन्न जिल्लाहरुबाट आश्रममा लामा पढाउन भनेर दिल्ली पुर्याइएका १८ बालबालिकाबारे आफन्त नेपाल(KIN)मा खबर आएपछि सोको जानकारी दुतावास, NHRC, MoWCSC, नेपाल प्रहरी लगायतमा गराएका थियौं तर समयमा तदारुकता नदेखाएकोले उद्धार हुन नसकेको अवगत गराउन चाहन्छु।
ध्यानाकर्षणका लागि धन्यवाद । सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ ।
— Pradeep Gyawali (@PradeepgyawaliK) October 28, 2020