बैशाख २७, २०८१, बिहीबार
               

कुवेतमा अलपत्र नेपालीलाई दूतावासको उपेक्षा

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

दोहा । कुवेतको नेपाली दूतावासले बेरोजगार भई अलपत्र परेका नेपालीलाई हदैसम्म उपेक्षा गरेको छ ।

 पटक–पटक दूतावास पुग्दा पनि आफूहरुलाई भित्र पस्नै नदिने गरेको र आफ्नो कुरा समेत राख्न नदिएर दूतावासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार दूतावासका केही कर्मचारीहरु कोठामै आएर आफूहरुको समस्या देखेर पनि नदेखेझै गरेर दूतावास रमिते मात्र बनेको आरोप लगाएका छन् ।

म्यानपावरलाई १ लाख ५० हजारभन्दा बढी तिरेर कुवेत पुगेका उनीहरु कम्पनीले सम्झौता अनुसारको तलब कहिल्यै नदिएको र झन् पछिल्लो समयमा फेब्रुअरीदेखि कम्पनीले तलब नै नदिई उनीहरुलाई अलपत्र पारेको छ ।

उनीहरुले आफुले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन दूतावासलाई धेरैपटक गुहारेको तर दूतावासले उनीहरुको कुरा नसुनी उल्टै कामदारलाई दोष लगाउँदै झपारेको पीडितहरुले बताएका छन् ।

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबढ्ता जनाए पनि अहिलेसम्म केहि नगरेको उनीहरु बताउँछन् । यता, कुवेतमा रहेको नेपाली दूतावासमा यसबारे पटकपटक बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । कुवेतका एजेन्ट गौतम अमगाईलाई सम्पर्क गर्दा कोरोनाका कारण अहिले केही गर्न नसकिने भन्दै पन्छिन खोजे । 

 काठमाडौंस्थित एसआरके नेपाल मेनपावर मार्फत १८ महिना अघि कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यान्न सहयोग गरेको छ । प्रतिब्यक्ति २० दिन पुग्ने गरी ३३ जनालाई चामल, दाल, तेल लगायतका खाद्यन सामाग्री उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कुवेतका आइसीसी सदस्य अमित चाम्लिङले जानकारी दिए ।

लामो समयदेखि विभिन्न संस्थाहरुको सहारामा बाँचिरहेको बताउदै पीडित नेपाली श्रमिकले एनआरएनको टोली समक्ष आफूहरुलाई चाडोभन्दा चाडो उद्धार गरी स्वदेश पठाइदिन आग्रह गरेका छन् ।

गैरआवसिय नेपालि संघसंग राहतको लागि सम्पर्क गरेपछि एनआरएन कुवेतका अध्यक्षसहितको टोली राहत सामाग्री पीडितहरु कहाँ पुगेका थिए । पीडितहरुको गुनासो सुनेपछि अध्यक्ष सुजन केसीले यो समस्यालाई लिएर कुवेतस्थित नेपाली दूतावासमा गम्भिरतापूर्वक समस्याको समाधान खोज्न उनीहरुलाई ल्याउने कुवेतका एजेन्ट गौतम आमगाईलाई पीडित श्रमिकहरु तथा दूतावाससँग भेट गराइ छलफल गराउने बताएका छन् ।


 


कस्तो लाग्यो ?

यो पनि