बैशाख १७, २०८१, सोमबार
               

युएईबाट हिमालय एयरलाइन्स १५१ नेपाली लिएर उड्यो

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालय एअरलाइन्सको विमान यूएईको आबुधाबीबाट १५१ जना नेपाली लिएर काठमाडौंको लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान उक्त विमान उडेको हो ।

सो विमानमा २ जना नाबालकसहित २६ जना महिला र १२३ जना पुरुष रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ  । दूतावासका अनुसार स्वदेश फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका छन् । हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । ३ वटा उडान अनुमति पाएको एयरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि