बैशाख २४, २०८१, सोमबार
               

युएईबाट स्वदेश फर्किए १४८ जना नेपाली

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार युएईबाट १४८ जना नेपाली स्वदेश आएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका ती १४८ जना नेपालीहरुलाई अज नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत स्वदेश ल्याएको हो । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको छ ।

स्वदेश फर्किएकामध्ये आबुधाबीबाट मात्रै ४२ जना रहेका छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम्बन्धित एयरलाइन्सहरुले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरु नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेर आएका हुन ।

नेपाल फर्कन चाहनेका लागि सरकारले आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि