बैशाख २४, २०८१, सोमबार
               

शुक्रबार पाँच देशबाट नेपाली श्रमिकहरूकाे उद्दार हुँदै

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले शुक्रबार विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूकाे उद्दार गर्ने तालिका रहेकाे छ । 

शुक्रबार साउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट एक/एक उडान हुने भएको हो । यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । 

जहाज यूएईको स्थानीय समयअनुसार राती २ बजेर २५ मिनेटमा जहाज दुबईबाट काठमाडौंका लागि उड्नेछ । बिहान काठमाडौं आइपुग्नेछ । यस्तै शुक्रबार नै साउदीबाट १८० जना, माल्दिभ्सबाट १५० जना स्वदेश फर्कनेछन् ।

साथै कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने तालिका रहे पनि कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि