बैशाख २४, २०८१, सोमबार
               

साउदीबाट ४४५ जना नेपाली स्वदेश फर्किँदैः यस्तो छ सूची

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार खाडी मुलुक साउदीबाट अरबबाट ४४५ जना नेपाली स्वदेश फर्किँदै छन् । साउदीस्थित नेपाली दूतावासले २१ जुन आइतबार नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा ४४५ नेपालीहरुको नामावली उल्लेख गरिएको छ ।

साउदीबाट काठमाडौंका लागि भाडा ४६५ अमेरिकी डलर अर्थात १ हजार ७ सय ४४ साउदी रियाल तोकिएको छ । भाडा व्यक्ति स्वयंले व्यहोर्नुपर्ने जनाइएको छ । चार्टर जहाजमार्फत यात्रा गर्न कोरोना परीक्षण (पिसिआर र आरडीटी) को नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

साउदीको दमामबाट हिमालय एयरलाइन्सले आज नेपालीहरु लिएर फर्कने दूतावासले जनाएको छ । उक्त उडानमार्फत २२३ जना नेपालीहरु स्वदेश फर्किने सूची दूतावासले सार्वजनिक गरेको हो ।  सूची यहाँ हेर्न सकिन्छ:


कस्तो लाग्यो ?

यो पनि