बैशाख २४, २०८१, सोमबार
               

कुवेतमा बच्चा भएका नेपाली महिला कामदारहरु स्वदेश फर्किन पाएनन्

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

एम्नेस्टीमार्फत कुवेत सरकारको आश्रयस्थलमा शरण लिएर बसेका मध्ये २९९ जना नेपाली महिला कामदारहरु बिहीबार नेपाल आइपुगे ।

नेपाली राजदूतावास कुवेतकी सूचना अधिकारी जानकी ओझाका अनुसार दूतावासले उपलब्ध गराएको पहिलो प्राथमिकतामा १२ जना बच्चासहितको भनिए पनि कानुनी प्रकृया पूरा नभएको भन्दै बच्चा सहितका महिलाहरु जान पाएनन् ।

उनले भनिन् "हामीले कुवेत सरकारको आश्रय स्थलमा रहेका सबै नेपालीहरुको नामावली प्राथमिकता निर्धारण गरी सम्बन्धित निकायलाई दिएका छौँ । उहाँहरुले क्रमिकरुपमा पठाउने छन् ।  जहाँसम्म बच्चासहितका महिलाहरुको कुरा छ यहाँको कानुनी प्रकृया(क्लिरिएन्स)पूरा गरेर छिट्टै पठाइनेछ।"

यसैबीच, कुवेत सरकारको आश्रय स्थलमा आममाफी मार्फत २ हजार ९ सय ९१ जना (१ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ जना महिला) नेपाल फर्कने उडान कुरेर बसेका छन् । उनीहरुलाई कुवेत सरकारले नि:शुल्क स्वास्थ्य परीक्षण र नि:शुल्क उडान मार्फत नेपाल पठाउने छ ।

यसैगरी, नेपाली राजदूतावास कुवेतका अनुसार आममाफीबाहेक पनि ४ हजारभन्दा बढीले घर जाने फारम भरेका छन । उनीहरुले भने उडान भाडा र उडानपूर्वको स्वास्थ्य परिक्षण शुल्क आफैँ ब्यहोर्नुपर्नेछ तर यसरी फर्कने उडान कहिले र स्वास्थ्य परीक्षण कहाँ र कति शुल्कमा गर्न सकिने भन्नेबारे पूर्ण विवरण भने अझै आसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि