बैशाख २५, २०८१, मंगलबार
               

हवाई भाडासम्बन्धी छानबिनका लागि समिति गठन

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल एयरलाइन्सले हवाई उडानमा अधीक भाडा लिएको भन्दै सरकारले छानबिन समिति गठन गरेको छ । 

काहङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा अधीक भाडा लिइएको गुनासो आएको भन्दै सरकारले छानबिन समिति गठन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विषयमा छानविनका लागि समिति गठन गरेको हो । 

यात्रुहरूले नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको गुनासो गरेका छन् । 

मन्त्रालयले गठन गरेको समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ । 

सो समिति मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठन भएको छ ।

गठित समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेका छन् भने मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्यसचिव तोकेको छ । 

मन्त्रालयले आगामी दिनमा विमान चार्टर गर्दा सो मुलुकको सम्बन्धित कूटनैतिक नियोगबाट यात्रुहरूको नामावली र पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकम खुलाएर चार्टर उडान गर्न सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गर्न लागेको छ । 

यो पनि