बैशाख २५, २०८१, मंगलबार
               

विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु भएको छ । सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउन सुरु गरेको हो । खाडी मुलुक यूएई र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँने भएको छ । यूएईले २ सय ५० र म्यानमारले २६ जना नेपाली पठाउन लागेको स्रोतले जनाएको छ ।

नेपाल यो बेला नेपाल फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन । ती मुलुकमा अलपत्र परेकामध्ये साढे २ सयभन्दा बढी नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन् । यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो । म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जानकारी दिए ।

 म्यानमारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए । नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यानमारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो । म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान  सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।  


कस्तो लाग्यो ?

यो पनि