बैशाख २५, २०८१, मंगलबार
               

भारतद्वारा अस्ट्रेलियाबाट तीन नेपालीको उद्धार

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले अस्ट्रेलियाको सिड्नीबाट तीन जना नेपाली विद्यार्थीको उद्धार गरेको छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार सिड्नीबाट कास्कीका एकै परिवारका तीन जनाको सोमबार उद्धार गरिएको हो । 

नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई इन्डियन एयरलाइन्समा दिल्ली ल्याइएको भारतीय दूतावासले जनाएको छ ।

यसरी आउनेमा अर्जुनप्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिना छन् । उनीहरूमध्ये एक बाबु र दुई छोरा हुन् । 

जेठो छोराको बोनम्यारोको ट्रान्स्प्लान्ट गर्नुपर्ने भएपछि उनीहरू दिल्लीको बीएलके अस्पताल आएका हुन् ।

एक छोराले अर्को छोरालाई बोनम्यारो दिँदै छन् । उनीहरू अहिले अस्पतालमा सुरिक्षत रहेको र तीनै जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको पनि दूतावासले जनाएको छ ।

यसैबीच, कडाउनका कारण इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । 

यो पनि