बैशाख २३, २०८१, आइतबार
               

२४ वैशाख र २ जेठमा नेपाल एयरलाइन्स सिड्नी उड्ने तयारीमा

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

 नेपाल वायुसेवाको विमान २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गर्न लागिएको हो । यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान गरिसकेको छ ।

त्यसबेला अष्ट्रेलिया र न्युजिल्यान्ड का नागरिकलाई घर फर्काइएको थियो । दूतावासले नेपालबाट अष्ट्रेलिया फर्कन चाहने नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । दूतावासका अनुसार नेपालबाट तेस्रो चार्टर्ड उडानको तयारीसमेत सुरु भएको छ ।

सम्भवतः यो उडान जेठ २ गते (१५ मे)मा हुनेछ । उक्त उडानसमेत नेपाल एयरलाइन्सबाटै हुने दूतावासले जानकारी दिएको छ । उक्त उडान सम्भव भएमा त्यो अष्ट्रेलियाका लागि नेपाल एयरलाइन्सको तेस्रो चार्टर्ड उडान हुनेछ ।

नेपालमा लकडाउन र अन्तर्राष्ट्रिय हवाई उडान लम्बिएसँगै यहाँ अड्किएका नागरिकलाई मुलुकहरूले धमाधम फिर्ता लगिरहेका छन् । त्यस क्रममा यात्राको टिकट भने यात्रु स्वयंले काट्नुपर्ने प्रावधान राखिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि